राजनीति

रविको जवाफ : सहकारी ठगीमा म संलग्न छैन, कहीँ कतै अभियोग लगाइएको छैन

By खबरहब

May 19, 2024

काठमाडौं : उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी प्रकरणमा आफ्नो कहीँ कतै संलग्नता नभएको बताएका छन् ।

आइतबार प्रतिनिधिभासको बैठकलाई सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन् ।

‘सहकारी ठगीमा मेरो संलग्नता छैन । मलाई कहीँ कतै अभियोग लगाइएको छैन । विगत १५ वर्षदेखि मैले भ्रष्टाचारका फेहरिस्त हेरेको छु’, उनले भने, ‘गोरखा मिडिया नेट्वर्कको सवालमा मैले कहीँ पनि मेरो नाममा ऋण लिएको छैन । प्रमाण जुटाएर कारबाही गर्न आँटेको भए हुन्थ्यो । अप्रमाणित हल्ला बोकेर संसद्लाई बन्धक बनाइयो।’

लामिछानले कांग्रेस महामन्त्री गगन थापातिर लक्षित गर्दै खसी बोका पाल्ने नाममा भएको राज्यकोषको दुरुपयोगबारे पनि प्रश्न उठाए ।

‘खसी, बोका, कुखुरा र हाँस बेच्ने नाम राज्य कोष दुरुपयोग गर्नेलाई पनि कारबाही गरौँ’, उनले भने, ‘राहदानी दुरुपयोग गरेर जापान पठाउनेहरूलाई पनि कारबाही गरौँ।’