मनोरञ्जन

साइग्रेसले गरे फिल्म ‘अधुरो प्रेम’ निर्माण घोषणा

By खबरहब

May 19, 2024

काठमाडौं– कथा वाचक साइग्रेस पोखरेलको अडियो नोभेल ‘अधुरो प्रेम’मा आधारित कथामा फिल्म बन्ने भएको छ । काठमाडौंमा शनिबार उनले एक कार्यक्रममा चलचित्र निर्माणको घोषणा गरेका हुन्।

फिल्म घोषणासँगै फिल्मको थिम पोस्टर पनि सार्वजनिक गरिएको छ । शीर्षक पनि अडियो नोभेलको नाम ‘अधुरो प्रेम’ नै राखिएको छ।

साइग्रेसले आफ्नै युट्युब च्यानलमा तीन वर्ष अगाडि सार्वजनिक गरेको यस नेबेलको अडियो १ घण्टा ४६ मिनेट लामो छ । यसले ६२ लाख भन्दा भ्युज पाएको छ।

यस चलचित्रलाईलाई शिशिर खातीले निर्देशन भएका छन् । उनको यो डेब्यू निर्देशन हो । यो फिल्म  ‘रंगेली’ फिल्मका निर्माण गरेको कम्पनी ‘प्लानेट थ्री फिल्म्स’ले बनाउन लगेको हो । यसको कार्यकारी निर्माता रंगेलीकै निर्देशक अर्जुन सुबेदी हुन् ।

उनले जीवनको एक कालमा भएको प्रेमबारे यो नोभेल तयार पारेको जानकारी दिए । यस फिल्म विसं २०८२ सालमा प्रदर्शनमा आउने बताइएको छ । कलाकार र अन्य टिमको विषयमा भने टुङ्गो लागिसकेको छैन ।