मनोरञ्जन

साइग्रेसले गरे फिल्म ‘अधुरो प्रेम’ निर्माण घोषणा

By खबरहब

May 19, 2024

काठमाडौं – कथावाचक साइग्रेस पोखरेलको श्रव्य उपन्यास ‘अधुरो प्रेम’को कथामा आधारित भई फिल्म बन्ने भएको छ । साइग्रेसले काठमाडौंमा शनिबार एक कार्यक्रममा चलचित्र निर्माण घोषणा गरेका हुन्।

फिल्म घोषणासँगै थिम पोस्टर पनि सार्वजनिक गरिएको छ । शीर्षक पनि अडियो नोभेलको नाम ‘अधुरो प्रेम’ नै राखिएको छ।

साइग्रेसले आफ्नै युट्युब च्यानलमा तीन वर्षअघि सार्वजनिक गरेको यस उपन्यासको अडियो १ घण्टा ४६ मिनेट लामो छ । यसले ६२ लाख भन्दा बढी भ्यूज पाएको छ।

चलचित्रलाई शिशिर खातीले निर्देशन गर्नेछन् । उनको यो डेब्यू निर्देशन हो । यो फिल्म ‘रंगेली’निर्माण गरेको कम्पनी ‘प्लानेट थ्री फिल्म्स’ले बनाउन लागेको हो । यसको कार्यकारी निर्माता रंगेलीकै निर्देशक अर्जुन सुवेदी हुन् ।

साइग्रेसले जीवनको एक कालमा भएको प्रेमबारे यो उपन्यास तयार पारेको जानकारी दिए । फिल्म वि.सं. २०८२ सालमा प्रदर्शनमा आउने बताइएको छ । कलाकार र अन्य टिम भने टुङ्गो लागिसकेको छैन ।