खेलकुद

प्रिमियर लिगको उपाधि लगातार चौथो पटक जित्दै सिटीले रच्यो दुर्लभ इतिहास

By खबरहब

May 19, 2024

काठमाडौं- म्यान्चेस्टर सिटीले लगातार चौथोपटक इङ्लिस प्रिमियर लिगको उपाधि जितेको छ। सिटीले यो उपाधि जित्ने क्रममा विश्व फुटबलमै दुर्लभ इतिहास बनाएको छ।

घरेलुु मैदान इतिहादमा आइतबार राति भएको जारी सिजनको अन्तिम अर्थात् निर्णायक खेलमा टोली वेस्टह्याम युनाइटेडलाई ३-१ गोल ले हराउँदै सिटीले दुर्लभ इतिहास बनाएको हो।

इङ्लिस फुटबलको १३६ वर्षको इतिहासमा सिटीले पहिलोपटक पटक लगातार चौथोपटक उपाधि जितेर दुर्लभ कीर्तिमान आफ्नो नाममा लेखाएको हो ।

सिटीले यो सिजनसहित प्रिमियर लिग उपाधि १० पटक जितेको हो । सिटीले यसपटक उपाधि जित्दा ३८ खेलबाट ९१ अंक बनायो। उता अन्तिम खेलसम्म उपाधि होडमा रहेको आर्सनलले ८९ अंक बनायो।

अन्तिम खेलमा सिटीलाई जिताउने क्रममा प्लेयर अफ द सिजन फिल फोडेनले २ र रोड्रीले १ गोल गरे। वेस्टहयामका लागि मोहम्मद कुदुसले १ गोल फर्काए ।