खेलकुद

युरोकपमा जर्जियालाई हराउँदै टर्कीको जित

By खबरहब

June 19, 2024

काठमाडौं– जर्मनीमा जारी युरोकप फुटबलमा समूह ‘एफ’को टर्कीले विजयी सुरुवात गरेको छ । गएराति भएको समूहको खेलमा पहिलो पटक युरोकपमा सहभागी जर्जियालाई ३–१ गोलले हराउँदै टर्कीले जित निकालेको हो ।

टर्कीका लागि मर्ट मल्डर, आर्दा गुलेर र केरेम अक्टुरकोग्लुले एक–एक गोल गरेका थिए । जर्जियाका जर्जेस मिकाउताङ्जेले एक गोल फर्काएका थिए ।

खेलको २५औँ मिनेटमा टर्कीका मल्डरले सुरुवाती गोल गरेका थिए । तर ३२ औँ मिनेटमा जर्जियाका जर्जेसले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।

त्यसपछि ६५औँ मिनेटमा गुलेर र दोस्रो हाफको इन्जुरी समयको सातौँ मिनेटमा केरेमले गोल गरेसँगै टर्की ३–१ गोलले विजयी भयो ।

यो जितसँगै टर्कीले महत्वपूर्ण ३ अंक जोडेको छ ।