समाचार

संसद सचिवालयको सुरक्षामा खटिएका प्रहरी जवान मृत फेला, गोली हानी आत्महत्या गरेको आशंका

By खबरहब

June 19, 2024

काठमाडौं– संसद सचिवालयको सुरक्षामा खटिएका एक सुरक्षाकर्मी मृत अवस्थामा भेटिएका छन् ।

दोलखा मेलुङ–४ घर भएका २२ वर्षीय प्रहरी जवान अजित गोले मृत भेटिएको केन्द्रीय प्रहरी प्रवक्ता दानबहादुर  कार्कीले जानकारी दिए ।

उनले गोले आफैँले गोली हानी आत्महत्या गरेको हुनसक्ने बताए । घटनाबारे अनुसन्धान भइरहेको उनले जानकारी दिए ।

संसद भवनको दुई नम्बर गेटको बायाँतर्फ रहेको शौचालयमा करिब सवा आठ बजेतिर उनी मृत फेला परेका थिए ।

गाेले नेपाल प्रहरीको केन्द्रीय विशेष कार्यदल कपनमा दरबन्दी भई संघीय संसद सुरक्षा बेस नयाँबानेश्वरमा कार्यरत थिए ।