फाइल फोटो

आर्थिक

सुनको मूल्य स्थिर, कतिमा भइरहेको छ कारोबार ? 

By खबरहब

June 19, 2024

काठमाडौं- नेपाली बजारमा बुधबार सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन १ लाख ४२ हजार २०० र तेजाबी सुन १ लाख ४१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

सुन सोमबार र मंगलबार पनि आजकै मूल्यमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य भने सामान्य घटेको छ । आज चाँदी तोलाको १० रुपैयाँ घटेर तोलामा १८ सय ५ रुपैयाँमा कारोबार भएको महासङ्घले जनाएको छ ।