समाचार

निधारमा गोली लागेर शौचालयमा ढलेका थिए प्रहरी जवान गोले

By खबरहब

June 19, 2024

काठमाडौं- संघीय संसद् ‍भवन परिसरमा मृत भेटिएका प्रहरी जवानको शव निधारमा गोली हानेको अवस्थामा भेटिएको छ ।

नयाँ बानेश्वरस्थित संघीय संसद्को सुरक्षार्थ खटिएका नेपाल प्रहरीका एक जवान अजित गोलेको शव बुधबार बिहान शौचालयमा फेला परेको थियो ।

उनले शौचालयमा पसेर आफ्नो राइफलबाट निधारमा गोली हानी आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

गोली पड्केको आवाज सुनेपछि त्यहाँ खटिएका अन्य सुरक्षाकर्मीले शौचालयमा हेर्दा आफैंलाई गोली हानी मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता दान कार्कीले घटनाको थप अनुसन्धान भइरहेको बताएका छन् ।

उनका अनुसार अहिले प्रहरी जवान गोलेको शव पोस्टमार्टका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको छ ।