समाचार

बजेटबारे छलफल चल्दा संसद्‍का आधा कुर्सी रित्तै (तस्बिरहरू)

By खबरहब

June 19, 2024

काठमाडौं-  गत जेठ १५ गते पेश भएको विनियोजन विधेयक-२०८१ अन्तर्गत विभिन्न मन्त्रालयमाथिको छलफल जारी छ ।

प्रतिनिधि सभामा विनियोजन विधेयक अन्तर्गत मन्त्रालयगत शीर्षकमाथिको छलफल चलिरहँदा सांसदहरूको उपस्थिति भने नगन्य देखिएको छ ।

बजेट जस्तो गम्भीर विषयमा छलफल चलिरहँदा बुधबार प्रतिनिधि सभा बैठकमा आधाभन्दा धेरै कुर्सी रित्ता देखिए ।

सांसदहरूले विनियोजन विधेयक अन्तर्गत मन्त्रालयगत शीर्षकमाथिको छलफललाई गम्भीरतापूर्वक नलिँदा उपस्थिति पनि कम देखिएको हो ।

प्रतिनिधिसभाको बैठक चल्दै गर्दा बुधबार सांसदहरूको उपस्थिति  निराशाजनक देखिएको हो ।