समाचार

कवाडी व्यवसायीलाई अमरेशले भने- सबै कवाडी बालेनको घर अगाडि थुपारिदिनु 

By खबरहब

June 19, 2024

काठमाडौं– स्वतन्त्र सांसद डा। अमरेश कुमार सिंहले कवाडी व्यवसायीहरूले सबै कवाडी महानगरको कार्यालय र मेयर बालेन शाहको घर अगाडि लगेर थुपारिदिन आग्रह गरेका छन् ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद सिंहले काठमाडौँमा आन्दोलित रहेका कवाडी व्यवसायीमाथि प्रहरीले दमन गरेको भन्दै बालेनले सिकाए जस्तै कवाडी लगेर उनको कार्यालय र घर अगाडि थुपारिदिन आग्रह गरेका हुन् ।

उनले कवाडी व्यवसायीको शान्तिपूर्ण प्रदर्शनमाथि दमन गरिएको भन्दै यसलाई आफूले मधेशीमाथिको दमनको रुपमा हेरेको टिप्पणी गरेका छन् ।

 उनले काठमाडौँमा हुने आन्दोलनमा अन्य र मधेशीमाथि विभेद हुने गरेको बताउँदै डा. सिंहले अरु आन्दोलनमा पानीको फोहोरा हान्ने प्रहरीले मधेशीको प्रदर्शनमा लाठी बर्साएको आरोप लगाए । 

सांसद सिंहले यस घटनामा गृहमन्त्रीको जवाफका लागि रुलिङको समेत माग गरेका छन् ।