समाचार

प्रहरी धरपकडले तितरबितर कवाड व्यवसायी फेरि उत्रिए सडकमा (तस्बिरहरू)

By खबरहब

June 19, 2024

काठमाडौं- कवाड हटाउने निर्णयको विरोध गर्दै मंगलबार काठमाडौं महानगरपालिका घेराउ गर्न खोज्दा प्रहरीले दमन गरेपछि तितरबितर कवाडी व्यवसायीहरूले बुधबार फेरि प्रदर्शन गरेका छन् ।

कवाड व्यवसायीहरू काठमाडौं महानगरपालिकाविरुद्ध बुधबार माइतीघरमण्डलदेखि नयाँबानेश्वरसम्म नाराजुलुससहित प्रदर्शन गरेका हुन् ।

बुधबार प्रतिनिधिसभाको बैठकमा पनि सांसदहरूले कवाडी व्यवसायीहरूमाथि प्रहरी दमनको कडा विरोध जनाएका छन् ।