फाइल फोटो

आर्थिक

झिनो अंकले बढ्यो नेप्से, करिब साढे ३ अर्बको कारोबार 

By खबरहब

June 19, 2024

काठमाडौं– बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)अन्ति २ मिनेटमा झिनो अंकले बढेको छ । आज नेप्से १.२७ अंकले बढेर २०७८.७६ विन्दुमा पुगेको छ । 

आज करिब साढे ३ अर्बको रुपैयाँको कारोबार भएको छ । आज ७२ लाख ९ हजार ७५७ कित्ता शेयर ३ अर्ब ४० करोड ४३ लाख ७२ हजार रुपैयाँको शेयर कारोबार भएको छ । 

आज कम्पनीको शेयर कारोबार हुँदा १३५ कम्पनीको शेयर मूल्य बढेको छ भने १०४ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ८ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ । 

आज सेन्सेटिभ इन्डेक्स ०.५५ अंकले, फ्लोट इन्डेक्स ०.१६ अंकले र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.२३ अंकले बढेको छ । 

१३ वटा समूहमध्ये ६ वटा समूहको शेयर मूल्य बढेको छ भने ७ वटा समूहको शेयर मूल्य घटेको छ । आज सबैभन्दा बढी फाइनन्सको ५८.८७ अंकले बढेको छ भने सबैभन्दा बढी ट्रेडिङ समूह ३८.७८ अंकले घटेको छ ।