समाचार

कांग्रेस संसदीय दलको बैठक शुक्रबार

By खबरहब

June 19, 2024

काठमाडौं– प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ ।

कांग्रेसले शुक्रबारका लागि दलको बैठक बोलाएको हो । संसदीय दलको बैठक संघीय संसद् भवन नयाँ बानेश्वरस्थित ल्होत्से हलमा शुक्रबार दिउँसो ३ बजे बस्ने कांग्रेसले जनाएको छ । 

दलको बैठक अघि शुक्रबार दिउँसो २ बजे संघीय संसद् भवनमा रहेको संसदीय दलका नेता तथा सभापति शेरबहादुर देउवाको कार्यकक्षमा संसदीय दल कार्यसमितिको बैठक बस्ने बताइएको छ ।