समाचार

बजेटको दुरुपयोग भयो, रिराइट गर्नुपर्छ : कांग्रेस 

By खबरहब

June 19, 2024

काठमाडौं– नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले  प्रधानमन्त्री पुष्पकमल दाहालले सम्बन्धित मन्त्रीहरूलाई बोलाएर यो बजेटलाई रिराइट गर्न लगाउनुपर्ने माग गरेका छन् । 

बुधबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले मन्त्रीहरूले आफ्नै जिल्लामा बजेट लैजाने कुराले ज्यादा अपरिपक्व, गैर जिम्मेवार र अत्यन्त दुरुपयोग भएको बताए । 

उनले भने, ‘बजेट कसले पायो र पाएन भन्ने भन्दा पनि बजेटको मूल मान्यतामा नै त्रुटि भयो। मन्त्रीजीहरूले आफ्नो आफ्नो मन्त्रालयमा प्राप्त बजेटको अधिकांश हिस्सा आफ्नै क्षेत्रमा लैजाने, आफ्नै जिल्लामा लैजाने कुराले ज्यादा अपरिपक्व, गैर जिम्मेवार र अत्यन्त ज्यादा दुरुपयोग भयो। यो शक्तिको पनि दुरुपयोग हो, सत्ताको पनि दुरुपयोग हो। प्रधानमन्त्रीजीले सम्बन्धित मन्त्रीजीहरूलाई बोलाएर यो बजेटलाई रिराइट गर्न लगाउनु पर्छ। सदनमा यति कुरा उठिसकेपछि राजनीतिक र नैतिक दबाबमा प्रधानमन्त्री हुनुपर्छ’