खेलकुद

टी-२० को अलराउन्डर वरीयतामा छैटौं स्थानमा उक्लिए दिपेन्द्र 

By खबरहब

June 19, 2024

काठमाडौं– क्रिकेटर दिपेन्द्र सिंह ऐरी पुरुष टी-२० मा अलराउण्डरको आईसीसी वरीयतामा छैटौँ स्थानमा उक्लिएका छन् ।

आईसीसीले हालै सार्वजनिक गरेको नयाँ वरियतामा दिपेन्द्रले तीन स्थानको सुधार गर्दै छैटौँ स्थानमा उक्लिएका हुन् । दिपेन्द्रले हालै टी-२० विश्वकपमा राम्रो खेल प्रदर्शन गरेपछि उनको वरीयतामा सुधार भएको हो ।

टी-२० को अलराउन्डर वरीयताको शीर्ष स्थानमा अस्ट्रेलियाका मार्कस स्टोइनिस रहेका छन् । उनले अफगानिस्तानका मोहमद नावीलाई पछि पर्दै शीर्ष स्थानमा उक्लिएका हुन् । 

त्यस्तै दोस्रो स्थानमा बंगलादेशका शकिब अल हसन रहेका छन् । यस अघि चौथो स्थानमा रहेका शकिबले दुई स्थान सुधार गर्दै दोस्रो स्थानमा उक्लिएका हुन् ।

त्यस्तै यस अघि शीर्ष स्थानमा रहेका नावी भने चौथो स्थानमा झरेका छन् । त्यस्तै पाँचौं स्थानमा जिम्बाबेका सिकन्दर राजा रहेका छन् । दिपेन्द्र पछि भारतका हार्दिक पाण्डेय सातौँ स्थानमा रहेका छन् ।