समाचार

विकास निर्माणमा राजनीति दलहरूबीच विवाद छैन : उपसभापति खड्का

By खबरहब

June 19, 2024

काठमाडौं– नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले सबै राजनीति दलहरूको लक्ष्य जनताको सेवा भएकाले विकास निर्माणमा राजनीति दलहरूबीच विवाद नरहेको बताएका छन् । 

उनले सबै राजनीति दलहरू मिलेर आएको बजेट सदुपयोग गर्नुपर्ने बताए ।

चिंगाड गाउँपालिका र लेकबेसी नगरपालिका जोड्ने ट्रेस पुलको बुधवार उद्घाटन गर्दै उनले भने, ‘राजनीतिक कारण र दर्शनले पार्टी फरक भए पनि विकासका लागि सबैको पार्टी एउटै हो ।’ 

विकास निर्माणमा यो खालको ध्यान सबै जनप्रतिनिधिहरूको हुन आवश्यक रहेको उनको भनाई छ । उपसभापति खड्काले सबै राजनीति दलको लक्ष्य जनताको सेवा, समृद्धि, समुन्नति, उन्नति र प्रगति भएको बताए ।

त्यसमा कुनै राजनीति दलको विवाद छैन । जनताको सुख दुखमा, समृद्धिमा, समुन्नति, उन्नति प्रगतिमा राजनीतिक दलहरूबीच कुनै विवाद छैन, उनले भने, ‘सबै एकताबद्ध भएर आएको बजेट सदुपयोग गर्न, गुणस्तरीय काम गर्नतर्फ लाग्नुपर्छ’