अन्तर्राष्ट्रिय

महात्मा गान्धीको शालिकमा भएको तोडफोडप्रति भारत चिन्तित

By खबरहब

June 19, 2024

काठमाडौँ– इटालीमा महात्मा गान्धीको शालिकमा तोडफोड भएकोप्रति भारतले चिन्ता व्यक्त गरेको छ । शालिक अनावरण गरिएको केही घण्टालगत्तै खलिस्तानी अतिवादीले शालिकमा तोडफोड गरेका थिए ।

अतिवादीले गान्धीको शाालिकमा खलिस्तानी अतिवादी हरदीप सिंह निज्जरको समर्थनमा नारा पोतेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । घटनाका विषयमा इटालीका अधिकारीहरुलाई सूचित गरेको भारतीय विदेश मन्त्रालयका सचिव विनय क्वात्राले जनाएका छन् ।

सामाजिक सञ्जाल एक्समा सन्देश जारी गर्दै सचिव क्वात्राले तोडफोड भएको संरचना सुधार गर्ने काम भइसकेको जनाएका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको इटाली भ्रमणका बेला भएको घटनामा खलिस्तानी पृथकतावादीहरूको संलग्नता रहेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । 

त्यसअघि मोदीको अस्ट्रेलिया भ्रमणका बेला खलिस्तानी अतिवादीले सिड्नीमा रहेको बाप्स श्री स्वामिनारायण मन्दिरमा तोडफोड गरेका थिए ।