समाचार

कटहरियामा ५२ करोड बढीको बजेट प्रस्तुत, कृषि क्षेत्रलाई विशेष प्राथमिकता

By खबरहब

June 19, 2024

रौतहट– रौतहटको कटहरिया नगरपालिकाको १० औं नगरसभाको उदघाटनसत्र सम्पन्न भएको छ ।

 बुधबार नगरपालिकाको प्राङ्गणमा आयोजित एक भव्य समारोहका बिच नगरसभा सम्पन्न भएको हो । जिल्लाको १८ स्थानीय तहमध्ये यो आर्थिक वर्षमा सबैभन्दा पहिले कटहरिया नगरपालिकाले नगरसभाको आयोजना गरेको हो ।

कार्यक्रमका अध्यक्ष मेयर अजय प्रकाश जैसवाल र प्रमुख प्रशासकिया अधिकृत उपसचिव सुरेन्द्र प्रधानले संयुक्त रूपमा आठौँ बजेटसभा आगामी आर्थिक वर्ष २०८१-०८२ का लागि कुल ५२ करोड, ३१ लाख, ७२ हजार ३८४ रुपैयाँ ४० पैसाको बजेट प्रस्तुत गरेका थिए । प्रस्तुत बजेटमा कृषिलाई विशेष प्राथमिकतामा राखिएको छ ।

कृषि व्यवसायी तथा किसानलाई प्रोत्साहन स्वरुप कृषि विद्युत मिटर जडान गरि कृषि कार्यमा उठेको विद्युत महसुल नगरपालिकाले सतप्रतिशत अनुदान दिइने भनिएको छ ।

यसैगरी कृषिमा आधुनिक व्यवसाय गर्ने फर्मलाई प्रोत्साहन स्वरुप अनुदान दिने, कृषिको बहुउद्देश्यीय भवन बनाइने ,कृषि सामाग्री उपलब्ध गराई बीउ बिजन भण्डारण तथा बिक्री वितरणको ब्यवस्था गरिने छ ।

 पशुपन्छी ,मत्स्य, पालन भूमि ब्यवस्था तथा सहकारी ,पर्यटन तथा संस्कृतिमा स्थानीय पर्यट वाणिज्य तथा वित्तिय र समाजिक विकास तर्फ जोर दिइएको छ ।