देश/प्रदेश

काठमाडौं महानगरद्वारा शोध सुपरीवेक्षकका लागि आवेदन आव्हान

By खबरहब

June 19, 2024

काठमाडौं । काठमाडौं महानगरपालिका अनुसन्धान शोधवृत्तिमा छानिएका शोधकर्ताहरुलाई सहजीकरण गर्न शोध सुपरीवेक्षकका लागि आवेदन आव्हान गरिएको छ ।

स्नातकोत्तर तह उत्तीर्ण शैक्षिक योग्यता भएका र स्नातकोत्तर तह उत्तीर्ण भएपछि १० बर्ष काम गरेको अनुभव भएका व्यक्तिहरुले व्यक्तिगत विवरण (सीभी) र आवेदन दिन सक्ने सहरी योजना आयोगका सदस्य इञ्जिनियर शैलेन्द्र झाले जानकारी दिए । शैक्षिक योग्यता र अनुभवका आधारमा व्यवस्थापन तथा सञ्चालन समितिले छनोट गर्नेछ ।

अनुसन्धानकर्तालाई अनुसन्धानको डिजाइनरविधि, सूचना संकलन तथा विश्लेषण र प्रतिवेदनको समीक्षाका लागि प्राविधिक सहयोग पुर्‍याउने उद्देश्यले सुपरीवेक्षकबाट आवेदन माग गरिएको हो ।

हरेक अनुसन्धानकर्तालाई आयोगभित्र वा वाहिरका विज्ञहरुमध्येबाट एकजना सुपरीबेक्षक तोक्ने कार्यविधिमा उल्लेख छ । यसबमोजिम माग गरिएको आवेदन असार ११ गते मंगलबार कार्यालय समयभित्र दिन सकिने छ ।