समाचार

गृहमन्त्री र सिचुवान प्रान्तका उपगर्भनर हनविङ्गबीच भेटवार्ता

By खबरहब

June 19, 2024

काठमाडौं– उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने र नेपाल भ्रमणमा रहेका चीनको सिचुवान प्रान्तका उपगर्भनर ये हनविङ्गबीच भेटवार्ता भएको छ । बुधबार सिंहदरबारस्थित गृह मन्त्रालयमा उनीहरुबीच भेटवार्ता भएको हो ।

भेटवार्तामा सुरक्षा क्षेत्रमा सामूहिक सहभागीता, विपद जोखिम न्यूनिकरण र पूर्वाधार क्षेत्रकमाथि केन्द्रित वर्षौं पुरानो सम्बन्धमाथि छलफल भएको थियो ।

उपगर्भनर ये हनविङ्ग सुरक्षा सम्बन्ध मजबुत बनाउन र द्वीपक्षीय सहकार्य बढाउन सहमत भएको गृहमन्त्रालयले जनाएको छ । विपद व्यवस्थापन सम्बन्धी सहमतिको कार्यन्वयन, नेपाली सुरक्षा निकायलाई सहयोग र सुदृढ सीमा व्यवस्थापनका विषयमा विशेष पनि कुराकानी भएको बताइएको छ ।

मन्त्रालयका अनुसार गृहमन्त्री लामिछानेले नेपालको पूर्वाधार विकास क्षेत्रमा चिनियाँ लगानीप्रति कृतज्ञता व्यक्त गरेका थिए।