खेलकुद

युरोकप २०२४ : क्रोएसिया र अल्वानियाको रोमाञ्चक बराबरी

By खबरहब

June 19, 2024

काठमाडौं – जर्मनीमा जारी १७औँ संस्करणको युरोकप फुटबल २०२४ अन्तर्गतको खेलमा क्रोएसिया अल्वानियासँग बराबरीमा रोकिएको छ । बुधबार सम्पन्न खेलमा क्रोएसिया र अल्वानियाले २–२ गोलको बराबरी खेलेका हुन् ।

खेलमा अल्वानियाले सुरुवाती अग्रता बनाएको थियो । ११ औं मिनेटमा क्वासिम लासीले गोल गर्दै अल्वानियालाई अग्रता दिलाएका थिए । खेलको ७४औं मिनेटमा क्रोएसियाका आन्द्रे क्रामारिकले बराबरी गोल फर्काए ।

यस्तै ७६औं मिनेटमा अल्वानियाका क्लाउस गासुलाल आत्मघाती गोल गर्दा क्रोएसियाले २–१ को अग्रता बनाएको थियो । उनै गासालुले इन्जुरी समयमा गोल गर्दै खेललाई बराबरीको अवस्थमा त्याए ।

बराबरीसँगै दुवै टोलीले १–१ अंक जोडेका छन् । यसअघि पहिलो खेलमा क्रोएसिया स्पेनसँग ३– ० ले पराजित भएको थियो । त्यस्तै

अल्वानियाले पनि इटलीसँग २–१ को हार व्यहोरेको थियो ।