क्रिकेट

अमेरिकालाई दक्षिण अफ्रिकाले दियो १९५ रनको चुनौती

By खबरहब

June 19, 2024

काठमाडौं – आईसीसी टि–२० विश्वकप क्रिकेट अन्तर्गत सुपर आठको पहिलो खेलमा दक्षिण अफ्रिकाले अमेरिकालाई १९५ रनको चुनौती दिएको छ ।

एन्टीगास्थित सर भिभिएन रिचार्डस् स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १९४ रन बनाएको हो ।

उसका लागि क्विन्टन डी ककले सर्वाधिक ७४ रन बनाए । ४० बलको सामना गरेका उनले ७ चौका र ५ छक्का प्रहार गरे । त्यस्ते कप्तान एडेन मार्करामले ४६ रन जोडे ।

हेनरिक क्लासेनले ३६, ट्रिस्टन स्टब्सले २० तथा रीजा हेन्ड्रिक्सले ११ रनको योगदान गरे । दक्षिण अफ्रिका समूह चरणको अपराजित टिम हो ।

अमेरिकाका लागि सौरभ नेत्रभाल्कर र हरमित सिंहले दुई दुई विकेट लिए ।