स्वास्थ्य

नेपाल आँखा अस्पतालको मेडिकल डाइरेक्टरमा डा. शाक्य नियुक्त

By खबरहब

July 19, 2024

काठमाडौं- नेपाल आँखा अस्पतालको मेडिकल डाइरेक्टरमा नेत्ररोग विशेषज्ञ डा. किरण शाक्य नियुक्त भएका छन्।

नेपाल आँखा अस्पतालको सञ्चालक समितिको बैठकले डा. शाक्यलाई अस्पतालको मेडिकल डाइरेक्टरमा नियुक्त गरेको हो ।

डा. शाक्य फेको तथा भिट्रो रेटिनल सर्जनको रुपमा नेपाल आँखा अस्पतालमै कार्यरत थिए। डा शाक्य १३ वर्षदेखि नेपाल आँखा अस्पतालमा कार्यरत छन् ।

नेपाल आँखा अस्पतालले यसै वर्ष डा शाक्यलाई सर्जन अफ द इयरको रुपमा पुरस्कृत समेत गरेको थियो। यसअघि मेडिकल डाइरेक्टरमा डा कमल बहादुर खड्का थिए ।