धर्म / संस्कृति

काठमाडौंको स्वयम्भुनाथमा रक्षाबन्धन गर्नेहरुको भीड (तस्बिरहरू)

By खबरहब

August 19, 2024

काठमाडौं– श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी पर्व आज देशभर रक्षाबन्धन एवं यज्ञोपवीत धारण गरेर मनाइँदै छ ।

पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्ने क्रम जारी रहेको छ ।

काठमाडौँका पशुपतिनाथ, कोटेश्वर महादेव, स्वयम्भुनाथलगायत मठ–मन्दिर र चैत्यहरुमा रक्षाबन्धन धारण गर्नेहरुको भीड लागेको छ ।

जनैपूर्णिमाको अवसरमा विशेष खानाको रूपमा क्वाँटी खाने प्रचलन समेत रहिआएको छ ।

तस्बिरहरू : चिरायु शाक्य