समाचार

पाटन दरबार स्क्वायरमा हाँसिरहेका हिमाल (तस्बिरहरू)

By खबरहब

August 19, 2024

काठमाडौं- आज (सोमबार) अगस्ट १९ विश्व फोटोग्राफी दिवस ! यस दिवसका अवसरमा देशका विभिन्न भागमा फोटो पत्रकारितासम्बन्धी संस्थाहरूले कार्यक्रम गरिरहेका छन् ।

फोटोग्राफी दिवसका अवसरमा ललितपुरको पाटन दरबार स्क्वायरमा फोटो प्रदर्शनी आयोजना गरिएको छ ।

राष्ट्रिय फोटो पत्रकार समूह नेपालले आयोजना गरेको उक्त प्रदर्शनीमा ४५ फोटोग्राफर र फोटो पत्रकारहरूको उपस्थिति थियो ।

त्यहाँ ६० भन्दा बढी विभिन्न विधा र विषयका तस्विरहरू राखिएको छ । ‘होयन माउन्टेन स्माइल’ शीर्षकको प्रदर्शनीमा नेपालको हिमालयका तस्बिरहरू पनि छन् ।