देश/प्रदेश

पुलमा स्कुटर छाडेर कोशीमा हामफालेका युवक बेपत्ता

By खबरहब

August 19, 2024

काठमाडौं । सुनसरी र उदयपुर जोड्ने चतरा पुलबाट एक युवकले कोशी नदीमा हामफालेका छन् । को ९ प ९८६५ नम्बरको स्कुटरमा आएका युवा पुलमा स्कुटर छाडेर कोशी नदीमा हाम फालेको प्रहरीले जनाएको छ ।

प्रत्यक्षदर्शीका अनुसार सोमबार अपरान्ह करिव साढे चार बजेतिर ती युवक पुलबाट हामफालेका थिए ।

हामफालेका युवाको पहिचान भएको छैन । स्कुटरसँगै घडी र मोबाइल पनि पुलमा फेला परेको प्रहरीले जनाएइको छ ।

उदयपुर र सुनसरीतर्फ पुलको दुवैतिर रहेको प्रहरीले उनको खोजी गरेपनि भेटिएका छैन् । कोशी पुलमा जडान गरेको सिसिटिभी फुटेजमा पनि युवक हामफालेको देखिएको छ ।