फाइल फोटो

खेलकुद

एन्फा महिला लिगमा वालिङ नगरपालिका विजयी

By खबरहब

September 19, 2024

काठमाडौं– राजधानीमा जारी एन्फा महिला लिगमा वालिङ नगरपालिकाले बागमती युथ क्लबलाई पराजित गरेको छ । 

एन्फा कम्प्लेक्स सातदोवाटोमा बिहीबार भएको खेलमा वालिङले बागमतीलाई ४–० गोल अन्तरले पराजित गरेको हो । वालिङको जितमा विदेशी खेलाडी सिसी एन्टोङ्गोले खेलको २२ र ४० औं मिनेटमा गोल गरिन् भने ज्यकिलिन नस्सालीले ५४ र ८३ मिनेटमा गोल गरिन् ।

जितसंगै वालिङ ६ खेलमा १३ अंक जोड्दै चौथो स्थानमा उक्लिएको छ भने भने समान खेल खेलेको बागमती चार अंकसहित तालिकाको आठौँ स्थानमा छ । 

अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा जारी लिगमा १० टोलीको सहभागिता रहेको छ ।