सांकेतिक तस्बिर

समाचार

थुनुवा मृत अवस्थामा फेला

By खबरहब

October 19, 2024

चितवन– इलाका प्रहरी कार्यालय रत्ननगर टाँडीमा थुनुवामा रहेका एक व्यक्ति मृत अवस्थामा भेटिएका छन् ।

आपराधिक लाभ कसुर मुद्दामा यही कात्तिक १ गते पक्राउ परेका रत्ननगर नगरपालिका–१३ का ४५ वर्षिय महमद क्यामोदिन थुनुवा कक्षको बाथरुममा मृत अवस्थामा भेटिएका हुन् ।

आज बिहान बाथरुमको ढोका छेउमा घोप्टो परेर अचेत अवस्थामा भेटिएका उनको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक भेषराज रिजालका अनुसार उनलाई बिहान ६ वजे मृत घोषणा गरिको हो । क्यामोदिनको शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ ।