समाचार

रवि लक्षित सूर्य थापाको टिप्पणी– नयाँ नाटक ‘प्रतिशोध’ सुपरफ्लप हुन्छ

By खबरहब

October 19, 2024

काठमाडौं– नेकपा एमालेका नेता तथा तत्कालीन सहकारी ठगीसम्बन्धी संसदीय छानिविन विशेष समितिका संयोजक सूर्य थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने पक्राउको विषयमा भएको विरोध प्रदर्शन र लामिछानेको अभिव्यक्तिप्रति टिप्पणी गरेका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमार्फत रास्वपाका सभापति लामिछानेप्रति संकेत गर्दै ‘क्लिन चिट र सफाइ’ फ्लप भएको उल्लेख गरेका छन् । उनले फेरि कलाविहीन नयाँ नाटक ‘प्रतिशोध’ मञ्चन भइरहेको र त्यो पनि सुपरफ्लप हुने दाबी गरेका छन् ।

उनले भनेका छन्, ‘क्लिन चिट र सफाइ’ चलचित्र केही दिनमै सर्वत्र फ्लप भएलगत्तै कलाबिहीन नयाँ नाटक मन्चन भइरहेछ– ‘प्रतिशोध !’ सुपरफ्लप हुने बाटो– प्रतिक्षा गरौँ ।’

थापा नेतृत्वको छानविन विशेष समितिले लामिछानेलाई विभिन्न सहकारीको रकम उनी हिस्सेदार रहेको गोर्खा नेटवर्कमार्फत खर्च गरेर अपचलन गरेको निष्कर्ष निकालेको थियो ।