समाचार

काठमाडौं महानगरपालिकाले आज बसन्तपुरमा सांस्कृतिक कार्यक्रम गर्दै

By खबरहब

October 19, 2024

काठमाडौं– काठमाडौं महानगरपालिकाले विश्व पर्यटन दिवस– २०८१ को अवसरमा पर्यटन प्रवर्द्धनका लागि सांस्कृतिक कार्यक्रम आयोजना गरेको छ ।

पर्यटन प्रवर्द्धनका लागि काठमाडौं दरवार स्क्वायर पर्यटन प्रवर्द्धन सङ्घ तथा विभिन्न स्थानीय संघ–संस्थाहरुसँगको सहकार्यमा महानगरपालिकाले शनिबार दिउँसो सांस्कृतिक कार्यक्रम आयोजना गर्न लागेको हो ।

कार्यक्रम अनुसार दिउँसो ३ बजे बसन्तपुर डबलीमा भेलु र घिन्ताङघिसी प्याखं, दिउँसो ४ बजे कुमारी घर अगाडि एकहजार कलाकारहरूले सामूहिक धिमे प्याखं/नृत्य प्रस्तुत गर्ने तयारी छ ।

यसैगरी साँझ ५ बजे बसन्तपुर डबलीमा १२५ जना स्थानीय कलाकारहरुले अर्केष्ट्रा प्रदर्शन गर्दै कार्यक्रम छ ।