समाचार

जग्गादातालाई प्रहरीको सम्मान

By खबरहब

October 19, 2024

चैनपुर– अस्थायी प्रहरी पोष्ट झोता र  छान्ना पाटादेवलका लागि निःशुल्क जग्गा उपलब्ध गराएका नन्दादेवी सिंह, कृष्णबहादुर सिंह र पूर्णबहादुर थापालाई सम्मान गरिएको छ । 

जिल्ला प्रहरी कार्यालयमा आज आयोजित कार्यक्रममा उनीहरुलाई प्रहरी महानिरीक्षक वसन्त कुँवरद्वारा हस्ताक्षरित प्रमाणपत्रसहित दोसल्ला ओढाएर सम्मान गरेको हो । जिल्ला प्रहरी कार्यालयका प्रमुख युवराज भण्डारीका अनुसार अस्थायी प्रहरी पोष्ट झोताका लागि  नन्दादेवी  र कृष्णबहादुर र थापाले जग्गा दान गरेका थिए । 

प्रहरी प्रमुख भण्डारीले चैनपुरस्थित जिल्ला प्रहरी कार्यालय,  बुंगलमा  रहेको इलाका प्रहरी कार्यालय र मेलबिसौनाको प्रहरी चौकी बाहेक अन्य स्थानमा रहेका कार्यालय भाडाको घरमा सञ्चालन  भएका बताए।