बेन्जामिन नेतान्याहु। तस्बिर : बिबिसी

अन्तर्राष्ट्रिय

इजरायली प्रधानमन्त्रीको निवासमा हिजबुल्लाहद्वारा रकेट प्रहार 

By खबरहब

October 19, 2024

काठमाडौं– इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको निजी निवास नजिकै लेबनानको हिजबुल्लाहले ड्रोन आक्रमण गरेको छ । 

इजरायली मिडियामा हाइफाको सिजेरिया क्षेत्रमा शनिवार बिहान विस्फोटको आवाज सुनिएको खबरहरू प्रकाशन र प्रसारण गरिएका छन् । 

इजरायली सेना (आईडीएफ) ले लेबनानबाट प्रहार गरिएको ड्रोन एक घरमा खसेको बताएको छ । उसले अहिलेसम्म विफोटबाट घाइते भएकाहरूका बारेमा कुनै सूचना नआएको पनि बताएको छ । 

यरुशलम पोस्टलाई उद्धृत गर्दै भारतीय सञ्चार माध्यमहरूले सिजेरियामा ड्रोन आक्रमणको समयमा नै इजरायलको राजधानी तेल अविवमा पनि साइरनको आवाज सुनिएको जनाएका छन् । 

भारतीय सञ्चार माध्यम ‘नवभारत टाइम्स’ ले साउदी न्युज च्यानल ‘अल हदथ’ को हवाला दिँदै शनिवार बिहान प्रहार गरिएका ड्रोनमध्ये एकले सिजेरियामा रहेको प्रधानमन्त्री नेतन्याहुको निजी निवासलाई निशाना बनाएको दाबी गरेको छ ।