काठमाडौं – महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मा ८ जना केन्द्रीय सदस्य थपिएको छ । अर्का वरिष्ठ नेता राजेन्द्र महतो पार्टीबाट बाहिरिएपछि अध्यक्ष ठाकुरले धमाधम नयाँ अनुहारलाई मनोनीत गरिरहेका छन् ।
जसअनुसार हालै थप ८ जनालाई केन्द्रीय कमिटीमा मनोनीत गरेका हुन् ।
यसरी मनोनीत हुनेहरूमा सप्तरीका श्याम सरदार, सिराहका जीवछप्रसाद यादव, धनुषाका सुनिलकुमार यादव, सर्लाहीका जगत महरा, रौतहटका रामप्रवेश दास तत्मा, बाराकी मञ्जु कार्की, कन्चनपुरका भोगादेवी राणा थारु र कास्कीका रवीन्द्र सुनार रहेको जनाइएको छ ।
सो सँगै लोसपाको केन्द्रीय कमिटी ३ सय ५५ सदस्यीय पुगेको छ ।