समाचार

साङ्लाले रेशमको खुट्टा बाँधेको फोटो हाल्दै रञ्जिताले लेखिन–हामीलाई विभेद भएको रहेछ

By खबरहब

December 19, 2024

काठमाडौं– नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले आफ्ना श्रीमान् रेशम चौधरी जेलमा भएका बेला साङ्लाले खुट्टा बाधेको फोटो सामाजिक सञ्जालमा राखेर स्ट्याटस लेखेकी छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने हिरासतमा सुतेको फोटो भाइरल भएपछि उनले रेशम चौधरीको फोटो सामाजिक सञ्जालमा आफूहरूमाथि विभेद भएको गुनासो गरेकी हुन् ।

उनले सार्वजनिक गरेको फोटोमा उनका श्रीमान् रेशम हस्पिटलको बेडमा साङ्लाले खुट्टा बाधेको अवस्थामा देखिएका छन् ।

रञ्जिताले आफ्ना श्रीमान् पनि त्यो बेला सांसद नै भएको बताउँदै लेखेकी छन्, ‘हाम्रो नागरिक उन्मुक्ति पार्टीको जन्मदाता त्यस समय उहा पनि जन निर्वाचित सांसद नै हुनुहुन्थ्यो ।’

उनले लेखेकी छन्- ‘अहिले त धेरै सुख सुविधा हुने रहेछ कारागारमा पूर्व गृहमन्त्री माननीय रवि ज्यूको फोटो भाइरल भइरहेको अवस्थामा हामीमाथि चाही विभेद भएकै हो जस्तो महसुस भयो ॥

हाम्रो नागरिक  उन्मुक्ति पार्टीको जन्मदाता त्यस समय वहाँ पनि जन निर्वाचित सांसद नै हुनुहुन्थ्यो॥ जय नागरिक