धर्म / संस्कृति

यस्ता छन्‌ यो वर्षको दशैँका साइत, अष्टमी र नवमी एकैदिन

By खबरहब

September 20, 2024

काठमाडौं – नेपाल पञ्‍चाङ्ग निर्णायक विकास समितिले २०८१ सालको बडादशैँका साइत निर्धारण गरेको छ । समितिले आज (शनिबार) दशैँका उपलक्ष्यमा गरिने कृत्यहरूका लागि शुभसाइत निर्धारण गरेको हो ।

समितिले असोज १७ गतेउ बिहीबार बिहान ९ बजेर १६ मिनेटमा नवरात्रारम्भ सुरु हुने र घटस्थापना गरी जमरा राख्ने साइत जुराएको छ । असोज २४ गते बिहीबार बिहान ७ बजेर ११ मिनेट जाँदा फूलपाती र तुलजाभवानी यात्रा आरम्भ हुने जनाएको छ ।

यो वर्षको दशैँमा महाष्टमी र महानवमी असोज २५ गते शुक्रबार अर्थात्‌ एकैदिन परेको छ । टीकाको साइत असोज २६ गते शनिबार ११ बजेर २६ मिनेटमा पर्ने समितिले जानकारी गराएको छ ।

सामान्यतयाः देवीको प्रसाद लगाउन भने साइत आवश्यक नपर्ने समितिले जनाएको छ ।

यस्ता छन्‌ दशैँका साइतः