जीवनशैली

घरमा ‘पिस लिली’ किन रोप्ने ?

By खबरहब

February 20, 2024

काठमाडौँ– पछिल्लो समय घर होस् या अफिस हरेकमा इन्डोर प्लान्टहरू रोप्ने गरेको देखिन्छ । इन्डोर प्लान्टहरुमा हरिया बिरुवाहरू रोपिन्छ भन्ने धेरैको बुझाइ पनि रहेको छ । तर पिस लिली एउटा यस्तो बिरुवा हो जुन भित्र पनि फुल्ने गर्छ ।

कतिपयले त यसलाई बेडरुम सजाउने प्लान्ट पनि भन्ने गर्छन् । आकर्षक देखिने भएकाले यो प्लान्टलाई घरभित्रै सजाउन सकिन्छ । यसको फूल सेतो रङको हुन्छ, जुन निकै आकर्षक देखिन्छ । सेतो फूल आत्म समर्पणको झण्डा पनि हो ।

पिस लिली ‘एयरप्युरिफाई’ प्लान्ट हो । यसले घर वा कोठाको शान्ति र सौन्दर्य दुवै प्रदान गर्छ ।

पिस लिलीले अन्य बिरुवाहरू भन्दा बढी भित्री प्रदूषणलाई फिल्टर गर्छ । यसको एउटा अचम्मको विशेषता के छ भने कम प्रकाशको अवस्थामा पनि यो फुल्ने गर्दछ ।