ब्रेकिङ स्टोरी

दोलखाको हाटडाँडा केन्द्रविन्दु भएर भूकम्पको धक्का

By खबरहब

February 20, 2024

काठमाडौँ–  दोलखा जिल्लाको हाटडाँडा केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ४ बजेर ५८ मिनेटमा दोलखा जिल्लाको हाटडाँडा आसपास केन्द्रविन्दु भएर ४दशमलव १ म्याग्निच्युडको भूकम्प गएको हो ।

भूकम्पबाट कुनै क्षतिको विवरण प्राप्त नभएको केन्द्रले जनाएको छ ।

यही फागुन ४ गते बझाङ जिल्लाको परकाट्ने केन्द्रविन्दु भएर ४ दशमलव ४ म्याग्निच्युडको भूकम्प गएको थियो ।