समाचार

भारतमा बस्ने नेपालीले पनि भारतीय सीमकार्ड लिन पाउने

By खबरहब

February 20, 2024

काठमाडौँ– भारतमा रहेका नेपालीले त्यहाँको सीमकार्ड लिन पाउने भएका छन् । यसअघिको प्रावधानलाई संशोधन गर्दै भारतीय सरकारले नेपाली नागरिकले पनि सीमकार्ड लिन सक्ने व्यवस्था गरेको हो ।

यसअघि नेपालीले सीमकार्ड लिन पाउने व्यवस्था थिएन । अब भने नेपाली नागरिकले आफ्नो नागरिकता, राहदानी, मतदाता परिचयपत्र वा दूतावासले जारी गरेको परिचयपत्रको आधारमा भारतको सीमकार्ड लिन सक्ने भारतका लागि नेपाली राजदूत डा. शंकरप्रसाद शर्माले जानकारी दिए ।

यसबारे जानकारी दिँदै उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘राम्रो खबर नेपाली नागरिकले अब आफ्नो राहदानी, नागरिकताको प्रमाणपत्र, मतदाता परिचयपत्र वा दूतावासले जारी गरेको परिचयपत्रका आधारमा सिमकार्ड लिन सक्नेछन् ।’