समाचार

उपसभापति खड्काको नीति प्रस्तावमाथि प्रतिनिधिको बेवास्ता 

By खबरहब

February 20, 2024

काठमाडौं – नेपाली कांग्रेस महासमिति बैठकको बन्दसत्रमा  उपसभापति पूर्णबहादुर खड्काले नीति प्रस्तावमाथि छलफल चलिरहँदा प्रतिनिधिहरु भने बाहिरिएका छन् ।

खड्काले प्रस्तुत गरेको नीति प्रतिवेदनमा केही नयाँ तथा राजसंस्थावादी दलहरुले जनतामा निराशा बेचेर काल्पनिक सपना बाँडिरहेको आरोप लगाइएको छ ।

सो प्रस्तावमाथिको छलफलमा महासमिति सदस्यको चासो नदेखिदा उनीहरु सभाहलबाट बाहिरिएका हुन् ।