कांग्रेस महासमिति बैठक : आर्थिक अवस्था, सम्भावना र भावी दिशासम्बन्धी प्रतिवेदन प्रस्ताव पेस

By खबरहब

February 20, 2024

काठमाडौं– नेपाली कांग्रेसको महासमिति बैठक आज पनि जारी रहेको छ ।

 ललितपुरको गोदावरीमा हिजो पार्टी सभापति शेरबहादुर देउवाले उद्घाटन गरेको महासमितिको आज बन्दसत्र चलिरहेको छ।

बैठकमा नेपाली काङ्ग्रेसका प्रवक्ता तथा नेपाल सरकारका अर्थमन्त्री डा. प्रकाश शरण महतले आर्थिक अवस्था, सम्भावना र भावी दिशासम्बन्धी प्रतिवेदन प्रस्ताव पेस गरेका छन् ।

अर्थमन्त्री महतले प्रस्तुत गरेको प्रतिवेदनमा आर्थिक सुधार बजेट सुधारका कामहरू कार्यान्वयनमा रहेको उल्लेख गरिएको छ । सरकारी खर्चतर्फ वित्त अनुशासन सुरक्षित गर्न जोड दिइएको छ । यसैगरी चालु प्रकृतिका खर्चमा कटौती गर्न अस्थाई प्रकृतिका विभिन्न कार्यालय खारेज गरिएको प्रतिवेदनमा उल्लेख छ । 

यसअघि उपसभापति पूर्णबहादुर खड्काले ६५ पृष्ठको नीति प्रस्ताव पेस गरेका थिए ।