समाचार

कांग्रेसले लियो गठबन्धनको नाम नै उच्चारण नगर्ने नीति

By खबरहब

February 20, 2024

काठमाडौं– नेपाली कांग्रेसले पार्टी बलियो बनाउन गठबन्धनको नाम नै उच्चारण नगर्ने नीति लिएको छ ।

सोमबार राती सभापति शेरबहादुर देउवा र पार्टी पदाधिकारीबीच भएको छलफलमा पार्टी बलियो बनाएर जाने प्रस्ताव संगठनिक प्रतिवेदनमा गहिरो गरी समावेश गर्ने महामन्त्री गगन थापालाई पदाधिकारीले सुझाव दिएका हुन ।

काग्रेसका एक पदाधिकारीका अनुसार महामन्त्री थापाको प्रतिवेदनमा गठबन्धनको आवश्यकता नभएको कुरा समावेश गर्ने लगाइएको छ ।

ती नेताले भने, ‘संगठन बनाउन लाग्ने हो गठबन्धनको आवश्यकता छैन ।’ त्यस्तै बैठकमा पुन एक पटक महासमिति बैठक राखेर मात्र १५औँ महाधिवेशन गर्ने पनि सुझाव दिएको छ ।