राजनीति

पार्टीमा युवा सहभागिताका लागि बाधक कानुन तत्काल संशोधन गरिन्छ : उपसभापति खड्का

By खबरहब

February 20, 2024

काठमाडौं- नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले पार्टीमा युवा सहभागिताका लागि बाधक देखिएका कानुन तत्काल संशोधन गरिने जनाएका छन् ।

ललितपुरको गोदावारीमा जारी महासमिति बैठकमा प्रतिवेदन प्रस्तुत गर्दै उपसभापति खड्काले पार्टीमा युवा सहभागिताका लागि बाधक देखिएका कानुन तत्काल संशोधन गरिने जनाएका हुन् । त्यस्तै, बैठकमा उपसभापति खड्काले युवा लक्षित बजेट तथा कार्यक्रममा एकद्वार निति अबलम्बन गरिने पनि उल्लेख गरे ।

खड्काले आफ्नो प्रतिवेदनमा आम तहमा निराशा बढेको बताउँदै यही निराशाको व्यपार भइरहेको टिप्पणी गरेका छन् । उनले लोकरिझ्याईँ, अधिनायकवाद र पुनरुत्थानको कुचेष्टा भएको पनि दाबी गरेका छन् ।

खड्काले पेस गरेको प्रतिवेदनमा ३३ प्रतिशत महिला सहभागिताको विषय पनि उठाइएको छ । सोमबारदेखि सुरु भएको कांग्रेस महासमिति बैठक बुधबारसम्म चल्नेछ ।