राजनीति

यस्तो छ कांग्रेस महामन्त्री थापाले महासमितिमा प्रस्तुत गरेको प्रतिवेदन (पूर्णपाठ)

By खबरहब

February 20, 2024

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले महासमिति बैठकमा आफ्नो सांगठनिक प्रतिवेदन प्रस्तुत गरेका छन् ।

मंगलबार ललितपुरको गोदावरीमा जारी महासमिति बैठकमा उनले सांगठनिक प्रस्ताव पेश गरे । महासमिति बैठकमा योसँगै पाँच वटा प्रस्ताव पेश भएका छन् ।

सांगठनिक प्रस्ताव पेश गर्दा अब नेपाली कांग्रेसले एक्लै चुनाव लड्ने उनले बताएका छन् । 

एक्लै चुनाव लड्ने र रूखमा मात्रै मत हाल्ने सुनिश्चितताको कुरा उनले प्रस्तावमा उल्लेख गरेका छन् ।