समाचार

लोसपा केन्द्रीय समिति बैठक आज पनि जारी रहने

By खबरहब

March 20, 2024

काठमाडौँ– लोकतान्त्रिक समाज पार्टी (लोसपा) को केन्द्रीय समिति बैठक आज पनि जारी रहने छ । महोत्तरीको बर्दिबासमा हिजो सुरु भएको बैठक आज पनि जारी रहने भएको हो ।

राजेन्द्र महतोले पार्टी परित्याग गरेपछि भिन्न स्थितिका बारेमा छलफल गर्नका लागि लोसपाले बैठक बोलाएको हो ।

बैठकमा जितेन्द्र सोनल, सर्वेन्द्रनाथ शुक्ला र रामप्रकाश चौधरीले प्रस्तुत गरेको प्रतिवेदनलाई छलफल गरेर निष्कर्ष निकालिने जनाइएको छ ।

नेताहरूले प्रस्तुत गरेको प्रतिवेदनलाई छलफल गर्न १० वटा समुह निर्माण गरिएको र उनीहरूले रायसहितको निष्कर्ष दिएपछि प्रारम्भिक चरणको बैठक समापन गरिने प्रवक्ता आभाष लाभले जानकारी दिए । बैठकमा ६४ जना पदाधिकारीसहित केन्द्रिय समितिका ३११ सदस्य उपस्थित छन् ।