खेलकुद

महिला च्याम्पियन्स लिग : चेल्सीको सहज जित

By खबरहब

March 20, 2024

काठमाडौँ– युइएफए महिला च्याम्पियन्स लिग फुटबलमा चेल्सीले जित निकालेको छ । गएराति भएको क्वार्टफराइनलको पहिलो लेगमा आयाक्सलाई ३–० गोलले हराउँदै चेल्सीले सहज जित निकालेको हो ।

चेल्सीका लागि स्जोयक नुस्केनले दुई तथा लोरेन जेम्सले एक गोल गरेका थिए ।

चेल्सीले खेलको पहिलो हाफमा दुई र दोस्रो हाफमा एक गोल गरेको थियो । खेलको १९औँ मिनेटमा जेम्सले गोल गर्दै चेल्सीलाई सुरुवाती अग्रता दिलाएकी थिइन् भने नस्केनले ४४औँ मिनेटमा टोलीको अग्रतालाई दोब्बर बनाएकी थिइन् ।

यस्तै दोस्रो हाफको ८३औँ मिनेटमा नुस्केनले व्यक्तिगत दोस्रो गोल गर्दै चेल्सीलाई ३–० गोलको सहज जित दिलाइन् ।

अब दोस्रो लेग चैत १५ गते चेल्सीको मैदान स्टामफोर्ड ब्रिजमा हुनेछ ।