दुर्घटनामा मोटरसाइकल चालककाे मृत्यु

By खबरहब

March 20, 2024

चितवन– नारायणगढ–मुग्लिन सडक खण्डमा ट्रक र मोटरसाइकल एकापसमा ठोक्किएर भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–२९ का ३२ वर्षीय सोमलाल लामा रहेका छन् ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक श्रीराम भण्डारीका अनुसार वडा नं २९ दासढुङ्गामा आज बिहान ट्रक र मोटरसाइकल एकापसमा ठोक्किएका थिए ।

नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको ना ५ ख ७६४ नम्बरको ट्रक र विपरित दिशाबाट आउँदै गरेको ना ५५ प ८१९९ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किएका हुन् ।

दुर्घटनामा परी गम्भीर घाइते भएका लामालाई उपचारका लागि भरतपुर अस्पताल लगिएको थियो । लामाको उपचारका क्रममा मृत्यु भएको हो । ट्रक र चालक प्रहरीको नियन्त्रणमा रहेका छन् ।