समाचार

साकेला गाउँपालिकाले गर्‍यो, विद्यार्थीलाई कपडा वितरण 

By खबरहब

March 20, 2024

खोटाङ– खोटाङ साकेला गाउँपालिकाले विद्यार्थीहरूलाई कपडा वितरण गरेको छ । सामुदायिक विद्यालयमा विद्यार्थीहरूको सहभागिता बढोस् भनेर प्रोत्साहन गर्नको लागि कपडा वितरण गरिएको गाउँपालिका अध्यक्ष रविप्रकाश राईले बताए ।

वडा नम्बर– ५ ले आर्थिक वर्ष २०८०/०८१ मा रहेको सात लाख रुपैयाँ बराबरको कपडा वितरण गरेको वडा अध्यक्ष जीवन न्यौपानेले जानकारी दिए ।

चार वटा सामुदायिक विद्यालयहरूमा कक्षा १ देखि १२ सम्म अध्ययन गर्ने ४५० जना विद्यार्थीलाई ट्र्याक, शूट र टिसर्ट वितरण गरिएको छ ।