समाचार

इन्जिन बिग्रिएको सरकारले गियर फेर्दैमा परिवर्तन हुँदैन : सांसद खतिवडा

By खबरहब

March 20, 2024

काठमाडौँ– प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले सहकारी ठगी प्रकरणमा छानबिन समिति गठन गर्न माग गरेका छन् ।

आजको संसद बैठकमा बोल्दै उनले संसदीय सुनुवाइ समिति गठनको माग गर्दा सरकार भागेर हिडेको आरोप लगाए । सहकारी ठगलाई सरकारले नै संरक्षण गरेर जनतालाई ढाट्ने काम गरेको उनको भनाइ थियो ।

सांसद खतिवडाले सरकारले हिजो सार्वजनिक गरेको न्यूनतम साझा कार्यक्रममा विभिन्न आयोग गठन गर्ने भनेर उल्लेख गरिएको स्मरण गर्दै सहकारी ठगीमा संसदीय समिति गठनको माग गर्दा भागेर हिँड्ने सरकारबाट कस्तो अपेक्षा गर्ने भन्दै प्रश्न गरे ।

उनले प्रधानमन्त्री पुष्पकमल दाहालले गठबन्धन परिवर्तनका क्रममा सरकारको गियर परिवर्तन गर्नु पर्‍याे भनेको प्रशंगमा एक्सिलेटर नै बिग्रिएको र इन्जिन नै काम नलाग्ने सरकारको गियर परिवर्तनले केही काम नगर्ने दाबी गरे ।