फाइल फोटो

समाचार

पूर्वाग्रह र दबावका आधारमा राजीनामा माग्ने काम गैरजिम्मेवार 

By खबरहब

March 20, 2024

काठमाडौं– नेकपा एमालेका नेता रघुजी पन्तले पूर्वाग्रह र दबावका आधारमा राजीनामा माग्ने काम जिम्मेवार प्रतिपक्षीले गर्न नहुने बताएका छन् ।

बुधबार संसद् भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै पन्तले संसद्‌मा प्रतिपक्षीले राखेका विषयमा सरकारले ध्यान दिनुपर्ने भएपनि विना प्रमाण पूर्वाग्रह र दबावका आधारमा राजीनामा माग्ने काम जिम्मेवार प्रतिपक्षीले गर्न नहुने बताएका हुन् । 

राजिनामा मागेर काम नै गर्न नदिने परिस्थिति सिर्जना गर्न नहुने उनको भनाइ छ । तथ्य आधार, प्रमाणका आधारमा उठाएका आवाजलाई वेवास्ता गर्न नमिल्ने तर प्रतिपक्षीले पनि राजनीतिक आधारहरूलाई पनि हेर्नुपर्ने उनले बताए ।

उनले सरकारले गरिरहेको काम र प्रतिपक्षीले उठाएका विषयलाई जाँच्ने अन्तिम अदालत जनता भएको धारणा राखे ।