तस्बिर : एपी

अन्तर्राष्ट्रिय

दक्षिण कोरियाली ट्यांकर जापान नजिकै पल्टिँदा सात बेपत्ता

By खबरहब

March 20, 2024

टोकियो– जापानी समुद्रमा ११ जना चालकदलका सदस्यसहित चलिरहेको दक्षिण कोरियाली रासायनिक ट्यांकर समुद्रमा पल्टिँदा सात जना बेपत्ता भएको जापानी टेलिभिजन एनएचकेले बुधबार जनाएको छ ।

दुई कोरियाली, आठ इन्डोनेसियाली र एक चिनियाँ चालक दलका सदस्यसहित समुद्री मार्गबाट आफ्नो गन्तव्यमा हिँडिरहेका समय भएको दुर्घटनामा परेका चार जनालाई अहिलेसम्म उद्धार गरिएको एनएचकेले जनाएको छ । 

एनएचकेले दिएको श्रव्यदृष्यमा पल्टिएको जहाजको रातो भाग देख्न सकिन्छ । 

जहाज झुकिरहेको जानकारी चालकदलले बुधबार बिहान तटरक्षकलाई दिएको तथा जापानको दक्षिणपश्चिमी तटमा रहेको मुत्सुर टापु नजिकै सहयोगको अनुरोध गरेको एनएचकेले जनाएको छ ।

एनएचकेका अनुसार ट्यांकरले बोकेको रसायनको प्रकार परिणाम वा त्यसमा चुहावटको विषयमा भने विस्तृत विवरण दिएको छैन ।